Jump to content

User talk:जनेश ठकुल्ला

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

जनेश ठकुल्ला २०५९ साल फागुन २ गते अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर-३ धारासैन दोमार्षामा जन्मिएका हुन् । स्थायी घर अछाम भएका उनी हाल अध्ययन् र रोजगारीको शिलशिलामा काठमाडौंमा बस्दै आएका छन्। उनी मिडिया क्षेत्रमा विगत ५/६ वर्षदेखि सक्रिय छन् । उनले अछाम जिल्लाको लोकप्रिय रेडियो बान्नीगढी एफएमबाट मिडिया क्षेत्रमा प्रवेश गरेका हुन्। उनले रेडियो बान्नीगढी हुँदै काठमाडौंको रेडियो काठमाडौं र रेडियो अडियोमा प्राबिधिक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरिसकेका छन्। त्यस पश्चात उनले अनलाइन सञ्चारमाध्यम खबर डायल डटकम र सुदूर भ्वाइस डटकममा समाचार सम्पादकको रुपमा काम गरेका थिए । हाल उनी नेपालकै सर्वश्रेष्ठ खबर टेलिभिजन एभिन्यूज खबरको डिजिटल बेबसाइट एभिन्यूज डट टिभिका उपसम्पादक हुन्। सुरूवाती जीवन

पिता प्रकाश ठकुल्ला र माता राधा ठकुल्लाको पहिलो सन्तानको रुपमा छोरा जन्मिएका उनी एक मध्यमवर्गीय परिवारमा हुर्किएका हुन्। उनका ४ जना दाजुभाइ छन्। उनका पिता रोजगारीका लागी सधैं भारत जान्थें। प्रारम्भिक शिक्षा नन्दा आधारभूत विद्यालय दोमार्षाबाट सुरु गर्दै उनले माध्यमिक शिक्षा भने सरस्वती माध्यमिक बिद्यालय जयगढबाट एसएलसी र १२ कक्षा उतिर्ण गरेका हुन्। हाल उनी काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा बि.ए. तेस्रो वर्षमा राजनीतिक र पत्रकारिता विषयमा अध्ययन गरिरहेका छन्।

पत्रकारिता यात्रा

उनी विकट गाउँमा जन्मिएकाले सानै उमेरदेखि रेडियो सुन्ने श्रोता हुन्। उमेर बढ्दै जाँदा रेडियोमा प्रसारण हुने कार्यक्रमा उनी फोन गर्न थाले। विस्तारै रेडियोमा दैनिक जसो फोन गर्ने र सहभागी जनाउँदै जाँदा रेडियोप्रति उनको लत बस्यो। पछि कक्षा ११ को परिक्षा सकाएर उनले आफ्नै पालिकास्थित रेडियो बान्नीगढीमा काम गर्ने अवसर पाए। बान्नीगढी रेडियोबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी विगत ५ वर्षदेखि निरन्तर यहि क्षेत्रमा काम गरिरहेका छन्।

अनुभव

उनीसँग रेडियो बान्नीगढी, रेडियो काठमाडौं र रेडियो अडियोमा प्राबिधिक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेको अनुभव छ। खबर डायल डटकम र सुदूर भ्वाइस डटकममा समाचार सम्पादकको रुपमा पनि काम गरेको उनको अनुभव छ। हाल उनी एभिन्यूज खबरको डिजिटल बेबसाइट एभिन्यूज डट टिभिमा उपसम्पादकका रुपमा कार्यररत छन्।

Information icon There is currently a discussion at Wikipedia:Administrators' noticeboard/Incidents regarding an issue with which you may have been involved. Thank you. Wikishovel (talk) 12:06, 29 November 2024 (UTC)[reply]

November 2024

[edit]
Stop icon
You have been blocked indefinitely from editing because it appears that you are not here to build an encyclopedia.
If you believe that there are good reasons for being unblocked, please review Wikipedia's guide to appealing blocks, then add the following text to the bottom of your talk page: {{unblock|reason=Your reason here ~~~~}}.  Bishonen | tålk 12:30, 29 November 2024 (UTC)[reply]