Jump to content

User:Nanamalati5

From Wikipedia, the free encyclopedia

माछापुछ्रे गाउँ पालिकामा ल्वाङ होमस्टेको विकास

मालती पराजुली

गण्डकी प्रदेश माछापुच्छे गाउँपालिकाअन्तर्गत रहेको ल्वाङ होमस्टे एउटा नमुना समुदाय हो । सो समुदाय पोखराबाट मोटरमा करिब डेढ घण्टाको उकालोमा अवस्थित छ।जसबाट पुरानो र आफ्नो छुट्टै मौलिकता बोकेको उक्त गाउँ समुदाय निकै नै सुन्दर र रमणीय देखिन्छ । पर्यटकीय क्षेत्र मानिने यस स्थानले आन्तरिक तथा बाह्य पर्यटक स्थलका रूपमा विकसित भएको देखिन्छ ।

अध्यक्षले होमस्टे सुरु हुनुभन्दा अगाडि नाचगान, निर्गुन भजनकीर्तन गरेर पैसाको जोहो गर्ने कार्यमा यो समूह पनि सक्रिय थियो । त्यसपश्चात् यही समूहको सक्रियताले होमस्टेको जन्म भएको हो ।

ल्वाङ गाउँका आमा समूहको नेतृत्वमा गाउँ समाज मेला हुन हलका लागि सामुदायिक घर निर्माण गर्नु, गाउँमा बत्ती, मोटर, शिशुस्याहार स्थापना, वृक्ष रोपणजस्ता नमुना कार्यहरू भइरहेको देखिन्छ । परिणमतः आज यो समूहसँगै अरू विभिन्न क्लब, सरकारी निकाय, संस्था, नौलो घुम्ती संख्या, माइती नेपाल, बुबा समूहहरूले दिएको साथ र सहयोगलाई पनि महत्त्वपूर्ण विकासको पक्ष मान्न सकिन्छ । यसैक्रममा होमस्टेलाई २०५१ सालमा पूर्वराजा ज्ञानेन्द्र सरकारको पालामा सहयोग र सम्मान पाउँदा अझ हौसिएको आगन्तुकहरूलाई अझ लोभ्याएको होमस्टे बाटो निर्माण गरेका छन् ।

आमा समूहको लगनशीलता देखेर विभिन्न निकाय सङ्घसंस्थाबाट पनि यसलाई सहयोग प्राप्त भएको र आवश्यक तालिमहरू सञ्चालन गरिदै सम्झँदै अध्यक्ष गुरुङले ए- क्यापद्वारा सहयोगका साथै हौसला पाएको होमस्टे सञ्चालन गर्न तालिम, तौरतरिका बताउनुहुन्छ । त्यसैगरी, आमा समूहले जुवातासको विकृतिलाई नियन्त्रण गर्न आमा समूहले अभियान नै चलाएको अनुभव सुनाउनुभयो ।

प्राकृतिक दृष्टिले मनमोहक त छदै छ त्यसमा स्थानीयको लगनले होमस्टे संस्कृति नै बनेको छ । हरेक घरमा होमस्टे रहेको हुँदा ल्वाङमा जाने भनेकै गाउँ होमस्टे वस्तु जत्तिकै भएको छ । त्यहाँ होमस्टे संस्कृतिको राम्रो विकास देखिन्छ । एकातिर होमस्टेलाई पर्यटकीय आकर्षणको रूपमा विकास हुँदै जानु अर्कोतिर होमस्टे नै त्यहाँको आयस्रोतको माध्यम पनि बन्दै गएको छ। यसै होमस्टे समितिका डम्बरकुमारी गुरुङका अनुसार २०४८ सालमा एक्यापको सहयोगमा आमा समूहको गठन भएलगत्तै एक घर एक शौचालय निर्माण कार्य सुरु गरियो ।

महिला शक्तिलाई पहिचान गरी अध्यक्षता निरन्तरता दिन आमा समूहले बताउनुभयो । गाउँघरलाई सफासुन्दर कायम गर्न हरेक महिनाको दुई दिन (१ गते र १५ गते सरसफाइ अभियान नै चलाउदै आएको छ । ल्वाङ गाउँका मानिसहरू स्थानीय सरकारको विकास योजनालाई मात्र कुरेर नबसी धेरैभन्दा धेरै स्थानीय जनसहभागितामा पैदल यात्राका लागि करिव ५० मिटर दुश छपाइ

विगतका सङ्घर्षले गर्दा नै आज ल्वाङ गाउँ पर्यटकीय, समृद्ध, सुन्दर देखिन्छ । गाउँघरलाई पर्यटकीय स्थल बनाइरहंदा गाउँ सि आर्थिकरूपमा समृद्ध हुँदै गएको देखिन्छ । धेरै जसो प्रत्येक घरमा होमस्टेलाई आर्थिक आम्दानीको आधार मानिंदा हरेक घरपरिवार आर्थिकरूपमा सक्षम हुँदै गएको देखिन्छ ।