Jump to content

User:Deuba Thakuri

From Wikipedia, the free encyclopedia

देउवा एउटा ठकुरी थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो | यिनले विष्णुको रुप "गन्याप लाटो (गणेश) " केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार (शिव) देवताका अधेगा रहन्छन् । मुसलमान सँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश) को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए, यिनले दिल्ली, सिंगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा ( कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा - २००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५० र रुवाखोला क्षेत्रमा १५०) मा फैलिएर रहेका छन् | ( निरयापाल राजाको ताम्र शाके १२७४ (बि.स. १४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका, थेचल देउवा, असराऊ देउवा | निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९) को ताम्रपत्रमा शंक्षीबसेका थेच्ल देउवा, धौ देउवा, जैसिङ्घ देउवा, सक्धौं देउवा, जैतपाल देउवा, हाल शिखर नगर पालिका को जैत्पाल को सेरोको माथी को कोटमा राज्य गरेको । जैतपाल देउवाको जिउलो अथवा खेत हाल सेती गहनान नजिकै रहेको छ जस्लाइ हाल जैतपाल को सेरो भनिन्छ । त्यस पछी गनेडाकोट कुचाकोट हुँदै रुवाखोला सर्दै गएको हो ।

 डडेल्धुरामा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स ९ देखि १९ का ताम्रपत्रमा चार जना देउवा (जैतपाल देउवा, जयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरूको बसोबास छ | पसेगर्खा डडेल्धुरा र डोटी देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ । डडेल्धुरा र डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित वीरगाथा, चैत, भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक, इन्जिनियर, डाक्टर, वकिल छन् | देउवा नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यो थर मन्दिरमा चढाइएको देउकी बाट जन्मिएको सन्तान नै देउवा हो समाजमा रहेको मान्यता अनुसार मुगल (मुसलमान) शासकहरूको निगाहाबाट मिलेको देउवा पदवीमा रहने शासकहरूले देउवा लेखे भन्ने छ । यस मान्यता अनुसार देउवा मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाट बनेको थर भन्ने गलत ब्याख्या हो । मुगल शासकहरुका पनि दुबै थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही नेता रजौटाहरूले धारण गरेको देउवा थर बि स १५ औं शताब्दी पहिले भेटिदैन । १५ औं शताब्दी पहिले केही को खान, केहीको चल्ल केही सिंह केहीको हमाल केहीको ब्रह्म (चन्द) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केहीलाई मुसलमान केहीलाई सिंह केहीलाई हमाल विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा देउवा र दुबै लेख्ने केही कुल खानदान लाई राम्रै ठकुरी मान्ने गरिन्छ । देउवा र दुबै लेख्ने सबैका कुलदेवता देबी कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य को कुमाउँ क्षेत्रमा डोट्याल भनिनेहरू देउवा र दुबै थर लेख्छन ।

• १. नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा २. डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा, ३. समाजसेबी उद्योगपति अर्जुन देउवा ४. नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा, ५. नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा, ६. नेपाल प्रहरीमा एस.एस.पी. दिलिपसिंह देउवा ७. डोटी पत्रकार टेकेन्द्र देउवा, ८. डोटी पत्रकार श्रवण देउवा ९. नापी अधिकृत इन्द्र बहादुर देउवा १०. नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा ११. भीम देवा गौरुगंगा नगरपालिका का पूर्व मेयर देउवाहरुका कुलगुरु/पुरोहित

• डोटीमा अत्रि गोत्रीय ओझा र बडु

डडेल्धुराको रुवाखोलामा भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण
र कुमाउमा उपमन्यु गोत्रीय जोशी कुलका देवताहरु 

• केदार अशिग्राम केदार, लाटो गन्याप (गणेश) गद्तोला • कालिका