Jump to content

User:Abistha11/sandbox

From Wikipedia, the free encyclopedia

गजलमा प्रयोगमा आउने केही शब्द र तिनको सामान्य अर्थ।

१) गजल उस्तै रदीफ तथा समतुकांत काफियाहरूले सजिएको शेरहरुको समुहलाइ गजल भनिन्छ। जसमा गजलकारले आफ्नो भावना तथा बिचार सुन्दर शैलीमा पस्किएको हुन्छ। २)शेर रदीफ र काफियाले सजिएको समान वजन(मात्रा) तथा बहरमा लेखिएको दुई हरफ(पंक्ति) लाई शेर भनिन्छ। ३)फर्द एक मात्र शेर लाई फर्द भनिन्छ। ४)मतला गजलको पहिलो शेर जसको दुबै मिसरामा काफिया र रदीफ हुन्छन। ५)हुस्ने मतला यदि गजलमा एउटा मतला पछि अर्को पनि मतला राखिएको छ भने दोश्रो मतला लाई हुस्ने मतला भनिन्छ। ६) मिसरा शेरको प्रत्येक हरफ लाई मिसरा भनिन्छ। मिसरा-ए-उला: शेरको पहिलो हरफ मिसरा-ए-सानी: शेरको दोश्रो हरफ (छोटकरीमा उला र सानी भन्ने गरिन्छ) ८) रदीफ मतलाको दुबै मिसरामाको अन्तमा र बाँकी शेरहरुको सानी को अन्तमा दोहोरिने अक्षेर शब्द वा शब्द समूह नै रदीफ हो। ९)काफिया काफिया त्यो समतुकान्त वा समान स्वर भएको शब्द वा अक्षर हो जुन हरेक शेरमा रदीफको ठिक अगाडि आउँछ। यहि गजलको मुटु पनि हो। जति सुन्दर तरिकाले काफिया प्रयोग गरिन्छ शेर त्यति नै उत्कृष्ट बन्दछ। १०) तखल्लुस गजलकारको नाम वा उपनाम लाई उर्दु भाषामा तखल्लुस भनिन्छ। गजलकारहरुले प्राय आफ्नो गजलको अन्तिम शेर मा तखल्लुस राख्ने गर्दछन। तखल्लुस गजलको अनिवार्य तत्व भने होइन। ११)मकता गजलको अन्तिम शेर लाई मकता भनिन्छ। जहाँ गजलकारहरुले आफ्नो तखल्लुस राख्ने गर्दछन। यो नै गजलको बिसौनी भएकोले मकता अरु शेरहरु भन्दा उत्कृष्ट बनाउनु पर्छ भनिन्छ। १२)तक्तिअ (मात्रा गणना) बहरे गजल लेखन को लागि नजानी नहुने अत्यन्तै महत्वपुर्ण तत्व तक्तिअ(मात्रा गणना) हो। शब्द तथा शब्द समुहका एक एक वर्णहरूको वजन(मात्रा) पत्ता लगाउनु नै सामान्य अर्थमा तक्तिअ हो। मात्रा दुई प्रकारका हुन्छन। १-मात्रा (लघु) २-मात्रा (गुरु) स्वर तथा व्यञ्जन वर्णहरुको उच्चारण गर्दा लाग्ने समयको आधारमा तक्तिअ गर्ने गरिन्छ।लघु लाई उच्चारण गर्न जति समय लाग्छ गुरु लाई उच्चारण गर्न त्यसको दोब्बर समय लाग्छ। **मात्रा गणना गर्दा ध्यान दिनुपर्ने कुराहरु !) व्यञ्जन वर्ण जस्तै क ख ग घ ङ च स ह ..... आदि सबै लघु गणना हुन्छन। !!) अ इ उ स्वर लागेका र अनुस्वर(चन्द्रबिन्दु) लागेका सबै एक मात्रा वा लघु १ गणना हुन्छ्न। जस्तैः अ इ उ कि कु सु हँ तँ आदि.. !!!) आ ई ऊ ए ऐ ओ औ ..यी सबै स्वर लागेका व्यञ्जन हरु दीर्घ २ गणना हुन्छन। जस्तैः का की के कै को कौ हौ रै जौ आदि। !!!!) शिरबिन्दु लागेका सबै दिर्घ गणना हुन्छ्न जस्तै अं कं सं रं ... आदि !!!!!) संयुक्त अक्षर हरु लघु गणना हुन्छ्न। जस्तैः क्ष त्र ज्ञ द्ध द्व क्र आदि। #तर यी संयुक्त अक्षर आफू लघु भए पनि आफुभन्दा अघिल्लो वर्णलाइ गुरु बनाउँदछन। जस्तै: पत्र चक्र बुद्ध कक्ष शुद्ध बक्र भित्र मित्र यी सबै २१ गणना हुन्छन्। # अर्को ध्यान दिनु पर्ने कुरा यी संयुक्त अक्षर शब्दको सुरुमा आएमा लघु नै गणना हुन्छ। जस्तैः क्षमा क्रमिक प्रशान्त क्षितिज आदि। प्रचलित बहरहरु मुफरद बहर १) मुतकारिब १२२-१२२-१२२-१२२ २)मुतदारिक २१२-२१२-२१२-२१२ ३)हजज १२२२-१२२२-१२२२-१२२२ ४)रजज २२१२-२२१२-२२१२-२२१२ ५)रमल २१२२-२१२२-२१२२-२१२२ ६) कामिल ११२१२-११२१२-११२१२-११२१२ ७) बाफिर १२११२-१२११२-१२११२ मुरक्कब बहर १)बहरे मुक्तजिब२२२१-२२१२/२२२१-२२१२ २)बहरे मुन्सरेह २२१२-२२२१/२२१२-२२२१ ३)बहर मुजारे १२२२-२१२२/१२२२-२१२२ ४)बहरे खफिफ २१२२--२२१२-२१२२ ५) बहरे बसीत २२१२-२१२/२२१२-२१२ ६)बहरे मुजास /मुज्तस २२१२-२१२२/२२१२-२१२२ ७) बहरे सरिअ २२१२-२२१२-२२२१ ८)बहरे मुशकिल २१२२-१२२२-१२२२ ९) बहरे करीब १२२२-१२२२-२१२२ १०) बहरे जदीद २१२२-२१२२-२२१२ ११)बहरे मदीद २१२२-२१२-२१२२-२१२ १२) बहरे तबील १२२-१२२२-१२२-१२२२ १३)बहरे कलीब २१२२-२१२२-१२२२ १४)बहरे सगीर २२१२--२१२२-२२१२ १५)बहरे सलीम २२१२-२२२१-२२२१ १६) बहरे हमीद २२२१-२२१२-२२२१ १७)बहरे सरिम १२२२-२१२२-२१२२ १८)बहरे हमीम २१२२-२२१२-२२१२ १९)बहरे असम २१२२-१२२२-२१२२ २०)बहरे कबीर २२२१-२२२१-२२१२ "तकाबुले रदीफ दोष" -------------------- मतला बाहेकका अन्य शेर हरूमा मिसरा ए उलाको अन्तमा मिसरा ए सानीको रदीफ पुरै दोहोरिएमा अथवा अन्तिम अक्षर अनुप्रास मिल्ने भएमा तकाबुले रदिफ दोष हुन जान्छ। यस्तो दोष दुई प्रकारको हुन्छ। १)पुरै रदिफ नै मिसरा ए उलामा दोहोरिएको अबस्थामा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-तकाबुल-ए-रदिफैन " भनिन्छ। २) मिसरा ए उलाको अन्तिम अक्षर र रदीफको अन्तिम अक्षर दोहोरिन गएमा अथवा उलाको अन्तिम अक्षर को स्वर रदीफको स्वरान्त संग मेल खाएमा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-जुज्ब-ए-रदीफैन" भनिन्छ। उदाहरणको लागि लेखिएको तलको गजलमा हेरौं। जलेको थियो मन खरानी भएछ अहो क्या गजबको निशानी भएछ बुझें प्राण आफ्नो बिरानो (भएछ) = दोष#१ त्यसैले जहर जिन्दगानी भएछ रुने गर्छु राती म तारा गने(र) =दोष#२ यसैमा म रम्दै छु बानी भएछ उसैले अझै चोट मनमा दिँदै(छ) =दोष#२ भुलौं भुल्न गाह्रो कहानी भएछ ----------------------------------------- काफिया- खरानी कहानी जिन्दगानी बानी निशानी रदिफ- भएछ ----------------------------------------- -दोस्रो शेरमा रदिफ पुरै दोहोरिएको छ त्यसैले यो तकाबुले रदीफ दोष भयो। -तेस्रो शेरमा उलाको अन्तिम वर्ण रदिफको अन्तिम वर्ण संग समतुकान्त भयो त्यसैले यो तकाबुले रदीफ दोष भयो। -चौथो शेरमा उलाको अन्तिम वर्ण र रदिफको अन्तिम वर्ण उही दोहोरिएको छ। यो पनि तकाबुले रदीफ दोष भयो। *नोट: यो तकाबुले रदीफ दोष बहरे गजलमा मात्र नभएर गैर बहरे गजलमा पनि हुन जान्छ। कुरा सामान्य छ ध्यानमा राख्न सकियो भने आफ्नो गजल दोष मुक्त बनाउन सकिन्छ। ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू पदादिमा ह्रस्वः १. झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै - कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि । २. नाताबोधक शब्दमाः जस्तै - बुब

Birendra Asimit पाँचथर 060107482174 (मलेसिया )